राजा समर्थकको आन्दोलन आज पनि जारी

काठमाडौँ। राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन्।

हिजो (बिहीबार)देखि काठमाडौं केन्द्रित आन्दोलनले आज पनि निरन्तरता पाउने भएको हो। रत्नपार्क, शान्तिबाटिका केन्द्रित आन्दोलन आज पनि १२ बजेबाट नै सुरु हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि आजको आन्लदोलन १२ बजे बिजुली बजार काठमाडौंबाट सुरु हुने बताएका छन्। उनले भनेका छन्, ‘अवस्था परिवर्तन गर्न  व्यवस्था परिवर्तन गरौँ आज दिनको १२ बजे बिजुली बजार काठमाडौंबाट सुरु हुँदै।। उपस्थितिका लागि सबैलाई हार्दिक अनुरोध गर्दछु।’

दुर्गा प्रसाइ नेतृत्वकाे अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भन्दै शुक्रबारबाट माइतीघर केन्द्रित हुने जनाएकाे छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *