तीनकुने घटनामा आयोगले भन्यो- सुरेश रजकको मृत्यु ‘रहस्यमय’

काठमाडौँ। चैत १५ गते काठमाडौँको तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकबारे स्वतन्त्र नागरिक छानबिन आयोगले रहस्यमय घटना भनेको छ।

राजसंस्थापक्षधरले आगजनी गरेको घरमा जलेको अवस्थामा उनको शव फेला परेको थियो। तर आयोगले आगोमै परेर मृत्यु भएको भन्नेमा प्रश्न उठाएकको छ।

‘रजकको मृत्यु प्रसंगसँग जोडिन आएका समग्र तथ्य सन्दर्भको अध्ययन गर्दा यो प्रकरण सहस्यमय पनि देखिएको छ’, प्रतिवेदनमा भनिएको छ।

रहस्यमय देखिनुको कारणमा आजसम्म घरधनी थाहा नहुनु, बाहिर निस्कने ठाउँ हुँदा पनि उनी ननिस्कनु र मुख्य गरी उनी खुट्टा खुम्च्याएर भुइँमा बसेको अवस्थामा मृत भेटिनुलाई आयोगले लिइएको छ।

‘कुनै आपत विपत परी आफ्नो ज्यानसमेत जाने अवस्था आइलाग्दा भाग्नसक्ने भागतर्फ जाने स्वभाविक हो। तर मृतक रजक भाग्न मिल्ने ढोकातर्फ नभइ त्यसको ठिक विपरीत दिशामा मृत भेटुनु र स्वभाविक शारीक अवस्था भन्दा फरक देखिनुले मृत्यु भएको हो हत्या भन्ने शंका उब्जिएको छ’, प्रतिवेदनमा छ।

घरभित्र पत्रकार रहेको भनी प्रहरीलाई जानकारी गराउँदा प्रहरीले बेवास्ता गर्नु पनि अर्को रहस्यमय विषय रहेको आयोगठको ठहर छ। ‘यस घटनामा सुरक्षा व्यवस्थापन, तैनाथी, परिचालनमा प्रशस्तै प्रश्न जन्मिएका र आधिकारिक छानबिनविना रजकको मृत्यु आगलागीबाटै भएको हो भन्न सकिन्न’, प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनमा शव उठाउँदा परिवारलाई संलग्न नगराइएको, पोस्टमार्टम रिपोर्टमाथि पनि प्रश्न उठाइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *