काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । पछिल्लो समसामयिक घटनामा छलफल गर्न बोलाइएको बैठकमा राप्रपालाई भने बहिस्कार गरिएको छ ।
साँझ ७ बजे बालुवाटारमा बस्नेगरि बोलाइएको बैठकमा गणतन्त्रवादी दलहरुलाई बोलाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
शुक्रबार राजा समर्थकहरुले काठमाडौँमा गरेको आन्दोलन र हिंसात्मक गतिविधिबारे छलफल गरेर निष्कर्षमा पुग्न गणतन्त्रवादी दलहरुलाई बैठकमा बोलाइएको सचिवालयले जनाएको छ ।
Artha Sanjal






