प्रधानमन्त्रीले बोलाएकाे सर्वदलीय बैठकमा राप्रपालाई बहिस्कार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । पछिल्लो समसामयिक घटनामा छलफल गर्न बोलाइएको बैठकमा राप्रपालाई भने बहिस्कार गरिएको छ ।

साँझ ७ बजे बालुवाटारमा बस्नेगरि बोलाइएको बैठकमा गणतन्त्रवादी दलहरुलाई बोलाइएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

शुक्रबार राजा समर्थकहरुले काठमाडौँमा गरेको आन्दोलन र हिंसात्मक गतिविधिबारे छलफल गरेर निष्कर्षमा पुग्न गणतन्त्रवादी दलहरुलाई बैठकमा बोलाइएको सचिवालयले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *