विकास बैंकको नाफामा २२ प्रतिशतको वृद्धि, माघसम्म ३.३ अर्ब नाफा

काठमाडौं । चालु आर्थिक वर्षको माघसम्म राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले ३ अर्ब ३० करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म यी विकास बैंकहरुको कुल नाफा २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा २१.६९ प्रतिशतले बढेको हाे।

समीक्षा अवधिसम्म सबैभन्दा धेरै नाफा आर्जन गर्ने गरिमा विकास बैंक पहिलो स्थानमा रहेको छ, जसले ६८ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ५५ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। घिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा २२.४३ प्रतिशतले बढेको छ।

दोस्रो स्थानमा मुक्तिनाथ विकास बैंक ६२ करोड ९५ लाख नाफासहित रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ५३ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १८.२५ प्रतिशतले बढेको छ।

तेस्रो स्थानमा शाइन रेसुंगा विकास बैंक ४४ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४३ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा २.१७ प्रतिशतले बढेको छ।

यसैगरी माघसम्म कामना सेवाले ४१ करोड ४६ लाख रुपैयाँ, महालक्ष्मीले ३३ करोड ५३ लाख रुपैयाँ, ज्योतिले ३० करोड ५१ लाख रुपैयाँ, सांग्रिलाले २६ करोड २१ लाख रुपैयाँ र लुम्बिनीले २३ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कामना सेवाको नाफा ३२.७६ प्रतिशत, महालक्ष्मीको ०.३८ प्रतिशत, ज्योतिको ७१.७६ प्रतिशत, सांग्रिलाको ६९.२१ प्रतिशत र लुम्बिनीको ९.२० प्रतिशतले बढेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *