आज बैंक–वित्तीय संस्था र सेयर कारोबार बन्द हुने

काठमाडौं। आज आइतबार साउन २० गते सेयर बजार बन्द हुने भएको छ ।
सेयर बजारसँगै बैंक/ वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । आज भोटो जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक विदा दिएकाले सेयर कारोबार बन्द हुने भएको हो । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ ।
यसअघि बिहीबार नेप्से सूचक ५.२९ अंकले घटेर नेप्से सूचक २७५५.६२ विन्दुमा झरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *