सिटिजन्स बैंकको नाफासँगै प्रतिशेयर आम्दानी घट्यो, खराव कर्जा बढ्यो

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद मुनाफा  अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २८ प्रतिशतले घटेर १ अर्ब ३४ करोडमा झरेको छ। अघिल्लो आर्थिक वर्षको यस अवधिमा बैंकले १ अर्ब ८६ करोड खुद मुनाफा कमाएको थियो।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६७ पैसा घटेर ९ रुपैयाँ ४५ पैसामा झरेको छ।

असार मसान्तसम्म ६१ करोड ६१ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३४ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.४७ गुणा रहेको छ।

त्यस्तै, यस  अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि  २.४४ प्रतिशतले  घटेको छ । तर खुद कमिशन आम्दानी भने २८.३१ प्रतिशत बढेको छ।

बैंकको कुल सञ्चालन आम्दानी १.५७ प्रतिशत बढेको छ। बैंकको निष्क्रिय कर्जा ३.९९ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब २१ करोडबाट बढेर १ अर्ब ७६ करोड पुग्दा  बैंकको सञ्चालन मुनाफा १९.३२ प्रतिशत र खुद नाफा करिब २८ प्रतिशत घटेको छ।

बैंकको चुक्ता पूँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको छ भने बैंकको जगेडा  कोषमा ७ अर्ब ३५ करोड ७० लाख रुपैयाँ रहेको  छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *