काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ को विन्दुमा बन्द भएको छ ।
आज ३४५ कम्पनीको शेयर किनबेच हुँदा ११ अर्ब ९७ करोड माथिको शेयर कारोबार भएको छ । आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ६८ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ६६ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपर हेवाखोला हाइड्रोको ४१ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभनदा धेरै सालपा विकास बैंक, रिलायन्स स्पीनिङ मिल्स, अपर हेवाखोला र सोलु हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । होटल फरेष्ट इनका लगानीकर्ताले ९.९३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ४.३९ प्रतिशतका दरले गुमाएका हुन् ।







