सार्वजनिक शौचालय प्रयाेगमा पैसा लाग्दैन: काठमाडौं महानगर

काठमाडाैं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सबै सार्वजनिक शौचालयहरू निःशुल्क प्रयोग गर्न पाइने भएको छ।

शुक्रबार एक सूचना जारी गर्दै महानगरले निर्माण भएका तथा सञ्चालनमा रहेका सार्वजनिक शौचालयमा सेवाग्राहीसँग कुनै पनि शुल्क लिन नपाउने व्यवस्था गरेको बताएको छ।

‘निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि महानगरले आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मतसम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने छ,’ सूचनामा भनिएको छ।

सेवाग्राहीसँग शुल्क लिई सञ्चालन गरिरहेका सार्वजनिक शौचालयका सञ्चालक र व्यवस्थापकलाई सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महानगरको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेस गर्न समेत अनुरोध गरेको छ।

यस्तै, तोकिएको समयपछि महानगरभित्रका सबै सार्वजनिक शौचालयहरू निःशुल्क सञ्चालन गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *