काठमाडौं । काठमाडौं महानगरपालिकाले २५८ जना नगर प्रहरी जवान माग गरेको छ ।
महानगरपालिकाले शनिबार एक सूचना प्रकाशित गरी २४१ जना नगर प्रहरी जवान र १७ जना नगर प्रहरी कार्यालय सहयोगी माग गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भर्ना छनोटका क्रममा वैकल्पिक सूचीमा समावेश भएकाहरुलाई महानगरपालिकाले दरखास्त दिन आग्रह गरेको छ ।
७ दिनभित्र आफ्नो वैकल्पिक दर्ता नम्बर र नागरिकताको प्रमाणपत्रसहित दरखास्त पेश गर्न महानगरपालिकाले सूचना जारी गरेको छ ।
उल्लेखित वैकल्पिक सूची काठमाडौँ महानगरपालिकाको वेबसाइटको डाउनलोड अन्तर्गतको प्रकाशनमा ‘वैकल्पिक सूची’ शीर्षकमा समेत रहेको महानगरले जनाएको छ।