एमाले अध्यक्ष ओली भन्छन् – बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किए जस्तो देखिन्छ

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएजस्तो देखिएको टिप्पणी गरेका छन्।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले  बजेट अर्थमन्त्री र माओवादीतिर मात्रै ढल्किएको जस्तो देखिएपनि समर्थन गरेर अघि बढ्ने बताए।

उनले भने, ‘बजेटमाथि छलफल हामी खुलेर नै गर्छौँ। यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर आएको भए धेरै राम्रो हुनसक्थ्यो। छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो  देखिन गएको छ। रकमको बाँडफाँट पनि त्यसैगरी एकतारित ढल्किएजस्तो देखिन्छ। यसको निर्माण प्रक्रियामा कमजोरी रहँदा गम्भिर त्रृटी भएका छन्।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *