सुनको मूल्य एकैदिन तोलामा १६ सयले बढ्यो, हालसम्मकै उच्चमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार २०० रुपैयाँमा कारोबार भैइरहेको छ ।

यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यसअघि शुक्रबार सुन तोलामा १ लाख ३९ हजार ३०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५०  रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा ११० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १९ सय १० रुपैयाँमा कारोबार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *