३७ अर्ब ७३ करोडको ट्रेजरी बिल जारी गर्दै सरकार

काठमाडौं ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ३७ अर्ब ७३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । जसमध्ये ३२ अर्ब ७३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ भने ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । कार्यालयले  २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको ट्रेजरी बिल जार गर्न लागेको हो ।
मंगलबार (जेठ ८ गते) जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार जेठ ७ गते दिउँसो ३ बजे उक्त ट्रेजरी बोलकबोल हुनेछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी असार ५ गते परिपक्व हुनेछ । साथै, ९१ दिनको लागि ७ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी साउन ४ गते परिपक्व हुनेछ ।
त्यस्तै, १८२ दिनका लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने ५ अर्बको नयाँ ट्रेजरी  जारी गर्न लागेके छ । यो ट्रेजरी मंसिर ४ गते परिपक्व हुनेछ ।  साथै, १ वर्षको लागि ७ अर्ब ५०करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८२ जेठ ७ गते परिपक्व हुनेछ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *