ट्रकले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु

काठमाडौं । सप्तरीको खडक नगरपालिका–५ रंजितपुरस्थित सडकमा ट्रकको ठक्करबाट साइकलयात्रीको ज्यान गएको छ। ना.८ ख २८१६ नम्बरको ट्रकको ठक्करबाट एक साइकलयात्री सोही नगरपालिका–५ खरचुइया बस्ने ६० वर्षीय मखन साहको मृत्यु भएको हो।

शुक्रबार दिउँसो ठक्करबाट गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *