काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।
पार्टी सभापति रवि लामिछानेले आइतबारका लागि पार्टी कार्यालय बनस्थलीमा बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए
बैठक दिउँसो साढे १२ बजे बस्नेछ। बैठकमा देशभरका सुकुम्बासी बस्तीमा सरकारले चलाएको डोजर र चुनावमा जनतासामु गरिएको प्रतिबद्धतालगायत अन्य समसामयिक विषयममा छलफल हुने बताइएको छ ।
Artha Sanjal






