नहरमा डुबेर कैलालीका एक युवक बेपत्ता

धनगढी । नहरमा डुबेर कैलालीमा एक युवक बेपत्ता भएका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौरका ३३ वर्षीय जीवन बादी रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता भएका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शुक्रबार दिउँसो उनी नहरमा डुबेका हुन्। इलाका प्रहरी कार्यालय, चिसापानीको टोली घटनास्थलमा पुगेर खोजी गर्ने काम गर्दै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *