सेयर बजारमा २४.५८ अकंकाे गिरावट, ३ अर्ब ७९ कराेडकाे काराेबार

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट भएकाे छ । आज सेयर बजार नेप्से परिसूचक २४.५८ अंकले घटेर १,९७४ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३१६ कम्पनीको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ४२ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १९६ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज माइक्रोफाइनान्स र निर्जीवन बीमा उपसूचक बाहेक सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १२ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *