साउथ कोरियाबाटै ग्लोबल आइएमई बैंकमा खाता खोल्न सकिने, के-के छन् सुविधा ?

काठमाडाैं । ग्लोबल आइएमई बैंकले विदेशमा रहेका ग्राहककाे लागि थप नयाँ सुविधा ल्याएकाे छ । बैंकले काेरियामा बस्ने बैंकका ग्राहकलाई लक्षित गर्दै भिडियो केवाइसी र मोबाइल बैंकिङको सुबिधा ल्याएकाे हाे ।

अब काेरियाबाटै ग्लाेबल आइएमई बैंकमा केवाइसी अपडेट गर्न सकिन्छ भने मोबाइल बैंकिङ सञ्चालन गर्न पनि सकिन्छ ।

यो सुविधाअनुसार साउथ कोरियामा रहेका ग्राहकहरुले सहजै खाता खोल्न सक्ने छन् । खाता खोल्नको लागि साउथ कोरियाकै मोबाइल नम्बर हुनुपर्ने बैंकले जनाएकाे छ।

यस विषयमा थप जानकारीका लिनका लागि साउथ कोरियास्थित प्रतिनिधिहरूलाई भाइबर नम्बर ८२१०-३७५४-९८४८, ८२१०-६५५६-८८९६, ८२१०-२९०५-९८९६, ८२१०-५८४३-९८०६ मा सम्पर्क गर्न सकिने बैंकले जनाएकाे छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *