गैरकानुनी रूपमा बर्दिया लैजान लागिएका बालबालिकाको उद्धार

त्रिवेणी (रुकुम पश्चिम) — रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाबाट बर्दिया लैजान लागिएका १५ जना बालबालिकाको उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम का अनुसार ‘नैतिक शिक्षा’ दिने बहानामा बालबालिकालाई बाहिर लैजान खोजिएको सूचना पाएपछि स्थानीय तह र प्रहरीको समन्वयमा उनीहरूलाई उद्धार गरिएको हो।

सानीभेरी गाउँपालिका–४ स्थित स्यालबासेबाट गाडीमार्फत लैजान लागिएका बालबालिकालाई मंगलबार बिहान नियन्त्रणमा लिइ अभिभावकको जिम्मा लगाइएको गाउँपालिकाका बालकल्याण अधिकारी मानवीर ओली ले बताए।

उनका अनुसार सम्बन्धित अभिभावकको लिखित सहमति नलिइ, वडा कार्यालय तथा गाउँपालिकासँग समन्वय नगरी बालबालिकालाई लैजान खोजिएको थियो।

उद्धार गरिएका १५ जनामध्ये ९ जना बालक र ६ जना बालिका रहेका छन्। उनीहरूको उमेर १३ देखि १७ वर्षबीच रहेको बताइएको छ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *