नागरिक लगानी कोषको ३२ औं वार्षिकोत्सव सम्पन्न

नागरिक लगानी कोषको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरको प्रमुख आतिथ्यतामा ३२ औं वार्षिक उत्सव सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा अर्थमन्त्री शर्माले अहिलेको अवस्थामा लगानीको  खाँचो रहेको बताउँदै कोषलाई अझै प्रभावकारी ढंगले अगाडी बढाउनु पर्नेमा जोड दिए । उनले आर्थिक विकासका लागि कोषमा रहेको निक्षेप उत्पादन मुलक क्षेत्रमा लगानी गर्न समेत सुझाव दिए ।

अर्थमन्त्री शर्माले सरकारले लिएको ऋणबारे चिन्ता गर्नु पर्ने अवस्था नरहेको बताएका छन् ।  उनले ‘सरकारले दिएको ऋणबारे रोइकराइ गर्नु पर्दै । सरकारले लिएको हो ऋण । जसलाई सरकारले नै तिर्छ ’ भने। उनले पूर्वाधार विकासका लागि पुँजी जुटाउन डेभलपमेन्ट फण्ड जुटाउदै गरेको समेत जानकारी दिए ।

उक्त समारोहमा कोषले २० वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई दिर्घ सेवा पदक प्रदान तथा कोषमा योगदान पुर्याएका पूर्व अध्यक्ष तथा सञ्चालकहरुलाई पनि सम्मान गरेको छ । नागरिक लगानी कोषका १२ वटा कार्यक्रममा करिव ८ लाख भन्दा बढ़ी सहभागी रहेका छन् । यस कोषको चुक्ता पुँजी ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । हालसम्म कोषले १ खर्ब ८३ अर्व ९१ करोड लगानी गरेको छ ।

कोषको पूँजी बजारमा संस्थागत लगानी भित्र्याउने उदेश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना भई संचालनमा आइसकेको छ । कम्पनीमा कोषको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ भने पुनरबीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुट्याइएको छ ।

हाल राष्ट्र सेवक कर्मचारीहरुको कोषमा जम्मा गर्नुपर्ने रकम सीजीएएस प्रणालीबाट सिधै जम्मा हुने व्यवस्था गरिसकिएको छ भने सम्पूर्ण सहभागीहरुलाई सापटी तथा अन्तिम भुत्तानी एनसीएचएलको कनेक्ट आइपीएस मार्फत बैंक खातामा पठाउने व्यवस्था गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *