काठमाडौँ । चौधरी ग्रुपको ‘वाइवाइ’ चाउचाउका कार्यकारी निर्देशक (सीईओ) प्रदिप पुडासैनीले ‘वाइवाइ’ बिरुद्द नियोजित रुपमा प्रोपागाण्डा चलाइएको बताएका छन्।
लोकप्रिय ब्रान्ड वाइवाइ विश्वभर रहेका नेपाली र अन्य सबैको स्वाद र रोजाईका रुपमा स्थापित हुँदै जाँदा देशभित्र भने नियोजित तरिकाले बदनाम गर्ने प्रयास भएको बताएका हुन् ।
पुडासैनीले पछिल्लो केहि दिनयता वाइवाइ चाउचाउको गुणस्तरका बिषयमा आधारहिन, भ्रामक र तथ्यहिन कुराहरु लेख्ने, बोल्ने र भिडियो बनाएर पोष्ट गर्ने कार्य पूर्णतया गैर कानूनी कार्य भएको समेत बताए। उनले यस्तो गलत कार्य गर्ने र प्रसिद्द ब्राण्डको छबि बिगार्न प्रयत्न गर्नेहरू विरुद्ध प्रचलित कानून बमोजिम कार्वाही हुनपर्ने माग समेत गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘वाइ वाइ चाउचाउको गुणस्तरका बिषयमा आधारहीन, भ्रामक र तथ्यहीन कुराहरु लेख्ने, बोल्ने र भिडियो बनाएर पोष्ट गर्ने कार्य पूर्णतया गैर कानूनी कार्य हो । यस्तो काम गर्नेहरू विरुद्ध प्रचलित कानूनी कारबाही गरिने जानकारी गराइन्छ ।’






