चालू आर्थिक वर्षको आठ महिनामा एक लाख ३५ हजार ३७० केजी चाँदी आयात

चालू आर्थिक वर्षको आठ महिनामा एक लाख ३५ हजार ३७० केजी चाँदी आयात भएको छ । यस अवधिमा एक अर्ब २१ करोड १० लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको तथ्यांक अनुसार चीन हङकङ, भारत, इन्डोनेसिया, सिंगापुर, स्वीट्जरल्याण्ड, टर्की र युएईबाट नेपालमा चाँदी आउने गरेको छ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा २६ हजार २ सय केजी चाँदी नेपाल भित्रिएको छ । सरकारलाई २२ करोड २७ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

यस महिना ४२ हजार ९५२ केजी चाँदी आयात भएको छ । सरकारलाई ३६ करोड ५० लाख ९२ हजार रुपैयाँ राजश्व प्राप्त भएको छ ।

असोज महिनामा ३८ हजार ७५७ केजी चाँदी आयात हुँदा ३२ करोड ९४ लाख ३५ हजार राजश्व प्राप्त भएको छ । कात्तिक महिनामा २१ हजार ५ सय केजी चाँदी आयात भएको छ । ३ करोड २१ लाख राजस्व संकलन भएको छ ।

माघ महिनामा विभिन्न देशबाट एक हजार २८१ केजी चाँदी नेपाल भित्रिएको छ । एक करोड ३७ लाख रुपैयाँ राजस्व संकलन भएका छ । गत फागुन महिनामा एक हजार ८० केजी चाँदी आयात भएको छ । एक करोड १५ लाख रुपैयाँ राजस्व संकलन भएको त्रिवि भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *