नेप्से परिसूचक ६४ दशमलव ३५ अंकले बढ्यो

नेप्से परिसूचक ६४.३५ अंकले बढेको छ । गत साता २ हजार ५६६.९० विन्दुमा रहेको नेप्से परिसूचक यस साता २ हजार ६३१ .२५ विन्दुमा रहेको हो ।

पहिलो कारोबार दिन १०१.०७ अंकले बढेको बजार दोस्रो दिन प्राविधिक समस्याका कारण एक घण्टा ५३ मिनेटमात्र खुलेको बजार ०.१५ अंकले बढेको थियो ।

तेस्रो कारोबार दिन १७.१५ अंक र चौथो कारोबार दिन १९.७२ अंकले बजार घटेको हो । यस साता ठुला कम्पनीहरुको मात्र कारोबार सेन्सेटिभ इन्डेक्स ३.८६ अंकले बढेर ४९७.३९ विन्दुमा पुगेको छ । गत साता सेन्सेटिभ इन्डेक्स ४.७ अंकले बढेको थियो ।

यस साता चार कारोबार दिनमा रू १२ अर्ब १४ करोडभन्दा बढीको २ करोड २८ लाख ६८ हजार ३९७ कित्ता शेयर खरिद विक्री गरेको छ । सोही कारोबार दिनमा रू १० अर्ब २३ करोडभन्दा बढीको २ करोड १० लाख २५ हजार ८१ कित्ता शेयर कारोबार भएको थियो । गत साताको तुलनामा रू १ अर्ब ९० करोडभन्दा बढीको १८ लाख ४३ हजार ३१६ कित्ता बढी शेयर कारोबार गरेको हो ।

लगानीकर्ताहरुको सम्पत्तिको मूल्य कुल बजार पूँजीकरण रू ९२ अर्ब ९८ करोड १९ लाखले बृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन रू। ३६ खर्ब ३७ अर्ब ५३ करोड ९९ लाख रहेको कुल बजारपूँजीकरण यो साता रू। ३७ खर्ब ३० अर्ब ५२ करोड १९ लाख कायम भएको हो ।

कोभिडको असर कम हुदैं जादा विगतका वर्षहरुमा लगानीकर्ताहरुलाई सन्तुष्ट बनाउँदै आएका होटल्स तथा पर्यटन समूहका कम्पनीहरुले आगामी वर्ष निरास नबनाउँने अपेक्षा लगानीकर्ताहरुमा देखिएको छ ।

होटल्स तथा पर्यटन समूहपछि यो साता जीवन बीमा समूहको परिसूचक ८ दशमलव ४७ प्रतिशत बढेको छ भने निर्जीवन बीमा समूहको ६.८९ प्रतिशत बढेको छ ।  विकास बैंक समूहको ३.३९ प्रतिशत, वित्त समूहको ३.०१ प्रतिशत, लघुवित्त समूहको २. ७० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको २.२५ प्रतिशत, लगानी समूहको २ दशमलव २४ प्रतिशत, बैंकिङ्गको १.९६ प्रतिशत र म्युचुअल फण्ड समूहको १.२३ प्रतिशत परिसूचक बढेको छ ।

व्यापारिक समूहको १.४४ प्रतिशत, जलविद्युत समूहको १.२७ प्रतिशत र अन्य समूहको ०.११ प्रतिशत परिसूचक घटेको छ । लघुवित्त समूह अन्तर्गतका जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *