आर्थिक वर्षको फागुन मसान्तसम्ममा ललितपुर जिल्लामा १० अर्ब ६९ करोड राजस्व संलन भएको छ । ललितपुर जिल्लाभरीको राजस्व प्रशासन गर्ने आन्तरिक राजस्व कार्यालय, ललितपुर १ र आन्तरिक राजस्व कार्यालय ललितपुर २ मार्फत् राजस्व संकलन भएको हो ।
सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आन्तरिक राजस्व कार्यालय, ललितपुर १ को लागि रु ६ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन गर्न तोकेको थियो । कार्यालयले ५ अर्ब ९९ करोड ६२ लाख अर्थात् ९३ प्रतिशत राजस्व संकलनगर्न भएको छ ।
संकलित राजस्वलाई शिर्षकगतरुपमा हेर्दा आयकरतर्फ लक्ष्यको १११ प्रतिशत अर्थात् ३ अर्ब ८९ करोड २४ लाख संकलन गरेको भएपनि अन्य शिर्षकमा भने लक्ष्यको भण्डै ७० प्रतिशतमात्र राजस्व संकलन भएको छ ।
मूल्य अभिवृद्धिकर ९भ्याट० १ अर्ब ८६ करोड ३१ लाख अर्थात् ८३ प्रतिशत । आन्तरीक तर्फ १४ करोड ५२ लाख अर्थात् ५१ प्रतिशतमात्र संकलन भएको छ ।
सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आन्तरिक राजस्व कार्यालय, ललितपुर २ को लागि भने जम्मा ४ अर्ब ४ करोड ६७ लाख राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा उक्त कार्यालयले लक्ष्यको ११५ प्रतिशत अर्थात् ४ अर्ब ६९ करोड राजस्व संकलन गर्न सफल भएको छ । आयकरतर्फ सबैभन्दा धेरै २ अर्ब ७६ करोड ४९ लाख अर्थात् लक्ष्यको तुलनामा १ सय ७७ प्रतिशत आयकर संकलन गरेको छ ।
शिर्षकहरुको अवस्था भने आन्तरिक राजस्व कार्यालय, ललितपुर १ को जस्तोनै छ । मूल्य अभिवृद्धिकर भ्याट एक अर्व सात करोड चौरासीलाख संकलन गर्न पर्नेमा ९१ करोड ३७ लाख अर्थात् ८४ प्रतिशतमात्र संकलन भएको छ ।
अन्तःशुल्क आन्तरिक ७४ करोड ७९ लाख अर्थात् ६८ प्रतिशतमात्र संकलन भएको छ । अन्यशिर्षकहरु जस्तै घर बहाल कर, व्याजकर, स्वास्थ्य र शिक्षा सेवा शुल्कमा पनि आधामात्र संकलन भएको देखिन्छ ।
चालु आर्थिक वर्षको पहिलो आठ महिनामानै आयकर बाहेकका अन्य करहरु अपेक्षित रुपमा संकलन नहुनुलाई अन्यथा मान्न नहुने भन्छन् सोही आन्तरिक राजस्व कार्यालय, ललितपुर २ का सूचना अधिकारीसमेत रहेका कर अधिकृत खडानन्द पाण्डे ।




