


काठमाडौं । बैंकिङ क्षेत्रमा सर्वोत्कृष्ट बैंकका रूपमा स्थापित नबिल बैंकले ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाई केन्द्रमा राख्दै आएको छ । बैंकले स्थापनाकालदेखि नै पहिलो प्राथमिकता ग्राहकको सन्तुष्टि राखेकोले पनि ग्राहकको मन जित्दै विश्वासिलो बैंकका रूपमा रहन सफल भएको हुँदै आएको छ । दिगो र डिजिटलाइज्ड बैंकिङलाई अझ सबल बनाउँदै ग्राहकलाई सुविधा दिनमा बैंक सधैँ तत्परताका साथ अगाडि बढिरहेको छ ।
बैंकले उत्कृष्ट बैंकिङ सुविधा मात्र प्रदान गरेको छैन । ग्राहकहरूलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधामा समेत दिइरहेको छ । बैंकले विभिन्न मर्चेन्टसँगको सम्झौतामा बैंकले आफ्ना कर्मचारी तथा ग्राहकहरूलाई छुट प्रदान गर्दै आएको छ । बैंकले अस्पताल, होटल तथा रेस्टुरेन्ट, अटोमोबाइल्स, पर्यटकीय गन्तव्यदेखि सौन्दर्य तथा फेसनसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
स्काइवाक टावर
बैंकले आफ्ना ग्राहकहरूलाई स्काइवाक टावरको टिकटमा विशेष छुट प्रदान गरेको छ। बैंकले ग्राहकलाई छुट दिलाउन वन्डर्स नेपाल प्रालिसँग सम्झौता गरेको हो। वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा नबिल बैंकका ग्राहकले १० प्रतिशत छुट पाउनेछन्।
छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले टिकट खरिद गर्दा नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड अथवा एनबैंक एपबाट भुक्तानी गर्नुपर्ने सर्त राखिएको उल्लेख छ।
काठमाडौंको कमलादीमा रहेको स्काइवाक टावर कुल ७८ दशमलव पाँच मिटर अग्लो तथा उपत्यकाको तीन सय ६० डिग्रीमा दृश्यावलोकन गर्न सकिने विशेषता रहेको छ।
सोवा हेल्थ केयर
नबिल बैंकले सोवा हेल्थ केयरसँग बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालका विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने साझेदारी गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरुले १५ प्रतिशत छुट पाउनेछन् ।
सोवा हेल्थ केयर ललितपुरको एकान्तकुनामा अवस्थित अत्याधुनिक प्रविधि र विविध सेवाहरू भएको नयाँ उन्नत पोलिक्लिनिक हो । जसले चिकित्सा र टेलिमेडिसिन सेवाहरूमा सजिलो पहुँच प्रदान गर्दछ । यस कोभिड समयमा सोवा हेल्थ केयरले घरमै नमूना संकलन, खोप, अनलाइन चिकित्सक परामर्श, औषधि वितरण र उबर स्वास्थ्य सेवा (पिक एन्ड ड्रप) जस्ता सेवाहरू उपलब्ध गराउँदै आएको छ । उक्त छुट सुविधा ३१ डिसेम्बर २०२७ सम्म रहने बैंकले जनाएको छ ।
एडभान्स पोलिक्लिनिक
काठमाडौंको लाजिम्पाटस्थित एडभान्स पोलिक्लिनिकमा पनि नबिल बैंकमा ग्राहकले २० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकका प्रिपेड, डेबिट तथा क्रेडिट कार्ड भएका ग्राहकहरुले छुट पाउनेछन् ।
सोनुप ट्रेडर्स
काठमाडौंको न्यूरोडमा रहेको सोनुप ट्रेडर्समा नबिल बैंकका ग्राहकहरूले विभिन्न इलेक्ट्रोनिक समाग्री खरिदमा छुट पाउनेछन् । नबिल बैंकका कार्ड बाहकहरूले ल्यापटप र डेस्कटप खरिदमा ३ प्रतिशत, प्रिन्टर्समा २।५ प्रतिशत, एसेसोरिजर मेन्टेनेन्स खरिदमा ५ प्रतिशत छुट पाउनेछन् । यो सुविधा ४ सेप्टेम्बर २०२४ सम्म रहनेछ ।
होटल हिमालय
ललितपूरको कुपन्डोलस्थित होटल हिमालयमा नबिल बैंकका ग्राहकले ३० प्रतिशतसम्म छुट पाउनेछन् । उक्त होटलको रुममा ३० प्रतिशत, फूड एण्ड वेभरेजमा १५ प्रतिशत, लाउन्ड्री सर्भिसमा १५ प्रतिशत र हेल्थ कल्बमा १० प्रतिशत छुट पाइने बैंकले जनाएको छ । यो छुट सुविधा ग्राहकले २७ सेप्टेम्बर २०२४ सम्म उपभोग गर्न सक्नेछन् ।
सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी
नबिल बैंक ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा पनि छुट प्राप्त गर्नेछन् । ग्राहकहरुले खाद्य पदार्थ र पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशत छुट पाउनेछन् । यो अफर २०२५ मार्च १८ सम्म रहनेछ । यो सुविधा १८ मार्च २०२५ सम्म रहने बैंकले जनाएको छ ।
ल्याण्ड मार्क होटल एण्ड रिसोर्ट
नबिल बैंकका ग्राहकले ल्याण्डमार्क होटल एन्ड रिसोर्टमा छुट पाउने छन् । बैंकका ग्राहकले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्ने भएका छन् । यो सुविधा ७ जुन २०२४ सम्म रहनेछ ।
अन्नपूर्ण केबुलकार
कास्कीको पोखरामा सञ्चालित अन्नपूर्ण केबुलकारमा पनि नबिल बैंकका ग्राहकले विशेष छुट प्राप्त गर्नेछन् । नबिल बैंकका ग्राहक तथा कर्मचारीहरुलाई डेबिट तथा क्रेटिड कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरि अन्नपूर्ण केबुलकारको टिकट लिए बापत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
उक्त केवलकार पोखराको सेदीदेखी सारङकोटसम्म सञ्चालित छ । यो छुट अफर ३ मे २०२४ तारिखसम्म रहने बैंकले जनाएको छ ।
कान्तिपुर डेन्टल हस्पिटल
कान्तिपुर इस्टिच्युट अफ हेल्थ साईन्स एण्ड डेन्टल हस्पिटल पोखरामा पनि नबिल बैंकका कर्मचारी तथा ग्राहकहरुलाई दन्त परीक्षण तथा उपचार सेवामा विशेष छुट उपलब्ध छ ।
नबिल बैंकका कर्मचारी र यसका ग्राहकहरुलाई साधारण दन्त स्वास्थ्य परीक्षण र उपचारमा १० प्रतिशत छुट दिने छ । यस्तै विशेष दन्त स्वास्थ्य परीक्षण तथा उपचारमा ७ प्रतिशत छुट दिने भएको छ । यस्तै सम्झौतामा काठमाडौँमा रहेको केडीसी जनरल हस्पिटलमा स्वास्थ्य परीक्षण तथा उपचार गर्न जाने बैंकका कर्मचारी र सो बैंकका ग्राहकले १५ प्रतिशत छुट पाउने छन् । यो सुविधा २१ जुन २०२४ सम्म रहनेछ ।
दृश्य लज
नबिल बैंकका ग्राहकले दृश्य लजमा छुट पाउनेछन् । बैंकका कार्ड बाहक ग्राहकले उक्त लजमा खाना तथा पेय पदार्थमा १५ प्रतिशतसम्म प्राप्त गर्ने भएका छन् । यो सुविधा १४ मे २०२४ सम्म रहनेछ ।
सारंग हेल्थकेयर
नबिल बैंक का ग्राहकले सारङ हेल्थकेयर प्रालिमा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकले एनबैंक एप र नबिल कार्डहरूमार्फत भुक्तानी वा ब्यालेन्स ट्रान्सफर गरी विभिन्न सेवामा छुट पाउनेछन्। बैंकका अनुसार ग्राहकले प्रयोगशाला सेवामा २० प्रतिशत, क्लिनिकल सेवाहरूमा १० प्रतिशत र स्वास्थ्य सेवा प्याकेजमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधा १४ मे २०२४ सम्म रहनेछ ।
र्याडिसन होटल
नबिल बैंकका ग्राहकले काठमाडौंस्थित र्याडिसन होटलमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंकका ग्राहकले र्याडिसन होटलमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्याडिसन एयरपोर्ट लाउन्जको कुल बिल ९कर बाहेक० मा पनि १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
नबिलका ग्राहकले बैंकको प्रिभिलेज कार्डमा उक्त सुविधा प्राप्त गरी यो सुविधा लिन सक्ने बैंकले जनाएको छ ।
हेयर एण्ड शान्ति युनिसेक्स सलुन
नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनबाट सेवा लिँदा १० प्रतिशत छुट पाउनेछन् । बैंकका ग्राहकले नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिती कार्ड, एन बैंक वा बैंक ट्रान्सफर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन्।
हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्यलगायत सम्पूर्ण सेवामा यस्तो छुट उपलब्ध हुने छ।
ओरो प्लस डेन्टल
नबिल बैंकका ग्राहकले ललितपुरको पुल्चोकमा रहेको ओरो प्लस डेन्टल क्लिनिकमा १० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकका कार्डवाहक ग्राहकले ओरो प्लस डेन्टल क्लिनिकमा छुट पाउनेछन् । दैनिक दाँत परिक्षणमा १० प्रतिशत र विशेष दन्त परीक्षण र सर्जरीमा ५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।
त्यस्तै, ट्रेडिशनल बुटीक होटल कमलपोखरीमा पनि बैंकका ग्राहकहरूलाई खाना तथा पेय पदार्थहरूमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यो अफर ६ मार्च २०२४ सम्म रहने बैंकले जनाएको छ ।
होटल मिस्टिक माउन्टेनमा पनि ग्राहकले खाना र पेय पदार्थमा १० प्रतिशत छुट पाउनेछन् । यो सुविधा ७ जुन २०२४ सम्म रहने बैंकले जनाएको छ ।
बैंकले दराज, सेल्सबेरी, मिनीसो, सिजी डिजिटल जस्ता अनलाइन प्लेटफर्ममार्फत पनि आकर्षक छुटका साथै नगद फिर्ता (क्यास ब्याक) अभियानहरू सञ्चालन गरिरहेको छ ।
त्यसैगरी, ग्राहकको सुविधाका लागि बैंकले अन्य थुप्रै मर्चेन्टहरूसँग सहकार्य तथा सम्झौता गरेको छ । नबिल बैंकको मोबाइल बैंकिङ एप एन बैंकमा गएर पनि बैंकले कहाँ कहाँ छुट प्रदान गरिरहेको छ सोबारे विस्तृत विवरण हर्न सकिनेछ । त्यसको लागि मोबाइल बैंकिङ लागिन गरी अफर भन्ने बटनमा क्लिक गर्नुपर्नेछ ।

अर्थ सन्जाल