होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न

काठमाडौं । होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सिप र दक्षता अभिवृद्धी गर्ने र बिक्रि पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ आयोजना गरेको होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२४ सम्पन्न भएको छ । उक्त कन्टेस्टमा एस.टि.सि वर्कशप टेकुका प्रलाद दाहालले प्रथम पुरस्कार प्राप्त गरे ।

त्यसैगरि ओम सत्य साही अटो सिटि प्रा.लि इटहरीका गजेन्द्र बुढाथोकि द्वितीय र एस.टि.सि वर्कशप कोहलपुरका सन्तोष अर्जेलले तृतिय पुरस्कार प्राप्त गरे । नगद पुरस्कार को रासी प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतियले २० हजार साथै सबै सहभागी हरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

नेपाल अटो मेकानिक्स ट्रेड युनियनका केन्द्रिय अध्यक्ष प्रदिप घिमिरे तथा स्याकार ट्रेडिङका विभिन्न डिभिजन प्रमुखहरुको उपस्थितिमा सो कार्यक्रम चैत २८ गते होण्डाको ट्रेनिङ सेन्टर .ग्वार्को ललितपुरमा सम्पन्न भएको हो । प्रतियोगिता अवधिभर होण्डा जापानले उपलब्ध गराएको मार्ग निदेशन अनुशार टेक्निसियनहरु होण्डा स्टयान्डर्ड प्रोसिडयुअर अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए ।

नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनि प्रा.लि अन्तर्गत सर्भिस डिभिजनको अगुवाइमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरि प्रत्यक क्षेत्र बाट २÷२ जना छनोट गरि राष्ट्रिय स्तरको प्रतियोगितामा संचालन गरिएको थियो ।

स्याकार ट्रेडिङ कम्पनिले विगत केहि वर्ष देखि यस प्रकारको कार्यक्रम हरेक वर्ष आयोजना गदै आएको बताएको छ । यस प्रकारको प्रतियोगिता बाट सहभागी टेक्निसियनहरुको कार्यदक्षता अभिवृद्धि हुनुको साथै आउदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको कम्पनिको भनाई छ ।

होण्डा का मो.सा तथा स्कुटर नेपाली हरु माझ लोकप्रिय बनाउन टेक्निसियन हरुको महत्वपूर्ण भुमिका रहेको र टेक्निसियन हरु को शिप तथा ज्ञानको उचित प्रयोग गरि आगामी दिनमा नेपाली ग्राहक लाई अझ उच्च स्तरको सेवा पुर्याउन यस किशिमको प्रतियोगिता कोशेढुगा हुने भन्दै स्याकार ट्रेडिङ कम्पनि का सर्भिस् जेनेरल म्यानेजर सिताराम न्यौपानेले आफ्नो भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *