काठमाडौं । पियोर इनर्जी लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको हो ।
कम्पनीको चैत २८ गते बसेको सञ्चालक समिति बैठकले गर्नेको निर्णयानुसार उक्त सभा आगामी वैशाख १६ गते हुनेछ । उक्त सभाले आईपीओ निष्कासन गर्ने र ऋण सुविधा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
१६ करोड रुपैयाँबराबरको १६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै गत माघ २९ गते कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धका रूपमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ ।




