राप्रपाको प्रदर्शन : काठमाडौंको सडक अस्तव्यस्त, सवारी व्यवस्थापन गर्न ट्राफिकलाई हम्मेहम्मे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनले काठमाडौंको सडक अस्तव्यस्त बनेको छ । काठमाडौंको माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क लगायत क्षेत्रमा सवारी साधनको चाप उच्च हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ।

सरकारसँग राखेका ४० बुँदे माग पूरा नभएको विरोधमा राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरिरहेको छ। राप्रपाको प्रदर्शनले सवारी साधनलाई डाइभर्जन गरिएको छ ।

भद्रकालीबाट सिंहदरबारतर्फ सवारीसाधन पूर्ण रूपमा रोक लगाइएको छ । तीनकुने, महाराजगञ्ज क्षेत्रबाट ठूला सवारी साधनलाई भित्र प्रवेश गर्न दिइएको छैन।

No description available.

No description available.

No description available.

No description available.

 

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *