सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सभा आज: के- के छन् अजेन्डा ?

काठमाडौ ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको गत फागुन २९ गतेको सञ्चालक समिति बैठकको निर्णय अनुसार २७ औं साधारण सभा आयोजना हुन लागेको हो । सभा काडमाण्डौ डिल्लीबजारमा रहेको अमृतभोग क्याटिरिङमा बिहान १० बजे आयोजना हुँदैछ ।

सभामा गत आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी  पारित गरिनुका साथै आर्थिक वर्ष २०७९र८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

सभामा चालु आर्थिक वर्ष २०८०र८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १३ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ चैत १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *