सहकारी ठगी प्रकरण: सदन चल्न नदिने अल्टिमेटमपछि ४ दलसँग छलफल गर्दै सभामुख

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन्।

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएपछि सभामुखले दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन्।

कांग्रेसले सदनमा निरन्तर गृहमन्त्रीको सहकारी ठगीमा संलग्नताको विषयमा संसदीय छानबिन समिति माग गरेको र चैत २७ देखि बैठक नै अवरुद्ध गर्ने चेतावनी दिएको छ।

सभामुखले दिउँसो २ बजे प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफलका लागि बोलाएको सभामुखको सचिवालयले जनाएको छ।

सभामुखसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछाने सहभागी हुनेछन् । प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने गरी तोकिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *