कीर्तिपुरमा युवकको हत्या, तीन जना पक्राउ

काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कीर्तिपुर नगरपालिका–९ हनुमानघाट बस्ने २२ वर्षीय आशिष महर्जन, बैतडीको डिलासैनी गाउँपालिका–३ घर भइ कीर्तिपुर ट्याङ्लाफाँट बस्ने २१ वर्षीय रोशन बोहोरा र कैलालीको बर्दगोरिया गाउँपालिका–४ घर भई कीर्तिपुर पाँगा दोबाटो बस्ने २३ वर्षीय रबिन धामी छन् ।

उनीहरुले गुल्मीको धुर्कोट गाउँपालिका घर भई कीर्तिपुर बस्दै आएका २४ वर्षीय विपिन घिमिरेको हत्या गरेको आरोप छ ।

कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा बुधबार दिउँसो साढे २ बजे भएको घटनामा घिमिरे गम्भीर घाइते भएका थिए।

घाइते घिमिरेलाई तत्काल उद्धार गरी कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साथीहरूबीच भएको झगडाका क्रममा धारिलो हतियार प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *