सुनकाे मूल्यले आज पनि बनायो नयाँ रकेर्ड, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ५५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँ कायम भएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *