अर्थमन्त्री पुनद्वारा सहसचिव शर्माको नेतृत्वमा बजेट लेखन समिति गठन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको नेतृत्वमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट लेखन समिति गठन गरेका छन् ।

राजस्व महाशाखा प्रमुख शर्माको नेतृत्वमा गठित समितिमा अन्य सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

बजेट लेखन समितिमा रहेका सहसचिवहरुमध्ये पार्वती शर्माबाहेक अन्य अर्थ मन्त्रालयभित्रैका हुन् । शर्मा भने आन्तरिक राजस्व विभागकी उपमहानिर्देशक हुन् ।

शनिबार नै बैठक बसेर बजेट लेखनको काम सुरु गर्ने संयोजक शर्माले बताए । विषयगत मन्त्रालयहरुसँग समन्वय गरेर बजेट लेखनको कामलाई गति दिइने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *