यी हुन् सरकारले आज कालोसूचीमा राखेका २३ निर्माण कम्पनी

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

कार्यालयले आज बुधबार सूचना जारी गर्दै २३ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालो सूचीमा समावेस गरेको हो।

ठेक्का लिएको काम समयमै सम्पन्न नगर्ने कम्पनीलाई विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

सार्वजनिक खरिद ऐन अनुसार केही निर्माण कम्पनीलाई तीन वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ।

धेरैजसो कम्पनी भने एक वर्षको लागि कालो सूचीमा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *