बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २६ हजार २०० रुपैयाँमा काराेबार भईरहेकाे छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २६ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ९० रुपैयाँ कायम छ । हिजो मंगलबार १५ सय ५ रुपैयाँ कायम थियो । यो तोलामा १५ रुपैयाँको गिरावट हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *