हुलास स्टील एपले ल्यायो उपहारको बहार

चालीस वर्षभन्दा लामो गर्विलो इतिहास बोकेको हुलास स्टीलले फ्रेबिकेटरहरुका लागि लक्षित उपहारको योजना लिएर आएको छ । बिशेषत फ्रेबिकेटरहरुका लागि लक्षित गर्दै हुलास स्टीलले आफ्नो एप मार्फत् “हुलास स्टील एप–मोबाइमा, युरोप भ्रमण–उपहारमा ” भन्ने नाराका साथ यो एप लन्च गरिएको छ ।

फ्रेबिकेटरहरुका लागि बिशेष सौगातमा युरोप भ्रमण, छ तोला सुन, पल्सर बाइकसँगै अन्य थुप्रै आर्कषक उपहारहरु रहेका छन । ग्राहकले त्यसका लागि आफ्नो मोबाइलमा हुलास स्टील एप डाउनलोड गरी त्यस एप भित्र आफुले सामान खरिद गरी प्राप्त भएको बिल लोड गरी खरिद रकम मा तोकिए बमोजिम प्वाइन्ट प्राप्त गर्न सकिन्छ ।

जति धेरै प्वाइन्ट जम्मा गर्न सक्यो त्यति धेरै उपहार हुलास स्टील एपमार्फत् उपहार प्राप्त गर्न सकिने छ । यसका साथै हुलास स्टीलले यो एप–मोबाइमा डाउनलोड गर्दा रु ५० को टपअप सुिबधा समेत प्रदान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *