माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा सिसियु वार्डको निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्धेश्यका साथ स्थापना गरेको उक्त २४ सैयाको सिसियु वार्ड अस्पताललाई हस्तान्तरण गरेको हो ।
बैंकले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।






