काठमाडौँ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई सम्बोधन गर्दै गुरुङले पार्टी केन्द्रीय कार्यालय सानेपामा राजीनामा पत्र बुझाएका हुन् ।
२०७८ साल फागुन ९ गते तरुण दलको अध्यक्षमा नियुक्त भएका गुरुङले पार्टीले दिएको जिम्मेवारीका लागि सभापति थापा र केन्द्रीय कार्यसमितिप्रति आभार प्रकट गरेका छन् । राजीनामा पत्रमा उनले आफ्नो कार्यकालमा सहयोग गर्ने पूर्वअध्यक्षहरू, कार्यसमिति सदस्यहरू, जिल्ला सभापतिहरू र देशभरका तरुण साथीहरूलाई धन्यवाद दिएका छन् ।
Artha Sanjal







