आज तोलामा १२ सयले घट्यो सुनको मूल्य

आज पनि सुनको मूल्य घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ५ सयमा कारोबार भएकोमा आज तोलामा १२ सयले घटेको हो । मंगलबार पनि सुनको मूल्य तोलामा १८ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ, भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ रहेएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३८० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३७० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *