सेयर बजारमा छायो रौनक, कारोबार रकम कति ?

काठमाडौं । सेयर बजारमा रौनक फर्किएको छ। नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजार सुधारका लागि पहल थालेसँगै लगानीकर्ताको मनोबल बढ्दा सेयर बजारमा मंगलबार हरियाली छाएको छ।

नेप्से परिसूचक बढेर २१०० माथि उक्लिएको छ। नेप्से आज ५८.५८ अंकले बढेर २१११.२४ को विन्दुमा पुगेको हो। बजार बढ्दा नेप्से उपसमूहमा रहेका सबै समूहमा हरियाली छाएको छ।

आज ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज २२० कम्पनीको सेयर मुल्य बढेको छ भने २२ वटा कम्पनीको मात्रै शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै जीवन बीमा उपसूचक, निर्जीवन बीमा उपसूचक र माइक्रोफाइनान्स उपसूचक सर्वाधिक बढेको हो ।

आज २२० कम्पनीको सेयर मुल्य बढेको छ भने २२ वटा कम्पनीको मात्रै सेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै पाँच कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी ५ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जनउत्थान सामुदायिक लघुवित्त, उन्नती सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ३७ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै,सोनापुर मिनरल्सः २४ करोड ९ लाख रुपैयाँ,सन नेपाल लाइफः १६ करोड ५२ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्सः १५ करोड ७१ लाख रुपैयाँ,माउन्टेन इनर्जीः ११ करोड ११ लाख रुपैयाँ,हिमालयन डिस्टिलरीः ११ करोड ६ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरः ९ करोड ९१ लाख रुपैयाँ,गोर्खाज फाइनान्सः ९ करोड २३ लाख रुपैयाँ,हिमालयन लाइफः ९ करोड ३ लाख रुपैयाँ,घोराही सिमेन्टः ८ करोड ९८ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *