


काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुनेछ ।
नेपाल र पीएनजीबिचको फाइनल खेल बुधबार विहान ११ः४५ बजे सुरु हुनेछ । त्यसअघि बुधबार विहान हङकङ र हङकङको ‘ए’ टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ ।
मंगलबार पहिलो खेलमा नेपालसँग ८५ रनले पराजित पीएनजीले हङकङलाई १० विकेटले हराएको हो ।
हङकङले दिएको १२२ रनको लक्ष्य पीएनजीले १२.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो । पीएनजीका लागि सेसे बाउले ६१ रन बनाए । त्यस्तै टोनी उराले ५१ रन बनाए ।
त्यसअघि मिसन रोड ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ रोजेको हङकङ १८.३ ओपरमा अलआउट हुँदै १२२ रनमा समेटिएको थियो ।
हङकङका लागि सुरुवाती क्रममा ब्याटरले रन बनाउन नसके पनि जिसन अलीले नटआउट रहँदै ५५ रन बनाएका थिए । त्यस्तै नसरुल्लाह राना र एहसान खानले १६/१६ रन बनाए । पीएनजीका लागि काबुआ मोरिया, अलेई नाओ, असद भाला र सेसे बाउले २/२ विकेट लिए ।
मंगलबारको पहिलो खेलमा भने पीएनजीविरुद्ध सानदार जित हात पार्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याउने क्रममा पीएनजी १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमा समेटिएको थियो ।

अर्थ सन्जाल