नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट गुमायो

काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथाे विकेट गुमाएको छ । टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भएका हुन् ।

यसअघि नेपालका आसिफ शेख ४७, कप्तान रोहित कुमार पौडेल २५ र कुशल भूर्तेल २० रनमा आउट भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *