प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर बिक्रीमा

काठमाडाैं । प्राइम कमर्सियल बैंकले आजदेखि संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखेको छ । यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । बैंकले सेयरको संख्या भने खुलाएको छैन ।

निर्धारित समयसम्म सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *