वडा सचिवसहित २४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा सचिवसहित २४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गोरखाको अजिरकोट गाउँपालिकाको वडा नं. ३ र ५ मा कार्यरत सचिव दिपक बहादुर दर्जीसहित २४ जना विरुद्ध आयोगले मुद्दा दायर गरेको हो । वडाको रकम अनियमितता गरेको भन्ने उजुरीको आधारमा उनीहरुबिरुद्द मुद्दा दायर भएको हो।

आयोगले आज वडा सचिव दिपक बहादुर दर्जी, सुरेश दवाडी, तत्कालीन कार्यालय सहयोगी बिशाल बिक, चन्द्रकान्त सुबेदी समेतका बिरुद्द रकम हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको छ ।


 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *