भारतबाट ल्याइएका पाँच हजार बढी कुखुराका अवैध चल्ला बरामद

नेपालगञ्ज। बाँकेको नेपालगञ्ज उपमहानगर–१३ लालापुरुवा क्षेत्रमा अवैध रूपमा भारतबाट ल्याइएका कुखुराका चल्ला  बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालयले अन्दाजी पाँच लाख १६ हजार ८०० बराबरका पाँच हजार ४४० थान कुखुराका चल्ला बरामद गरिएको जनाएको हो।

बरामद चल्लालाई  पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज  पठाइएकामा सबै चल्ला नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय प्रमुख डा हरेराम यादवले जानकारी दिए।

कडाइ गर्दागर्दै पनि खुला सीमाको फाइदा उठाएर बाँके र बर्दियाका नाकाबाट कुखुराका चल्ला तथा कुखुराको अवैध आयात भएको उनको भनाइ छ।

भारतबाट यसरी कुखुराको अवैध आयात गर्नु दण्डनीय भएकाले सतर्क रहन उनले सबैलाई आग्रह गरे।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *