क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले डाक्यो साधारणसभा

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको चैत ५ गते वार्षिक साधारण सभा बस्ने भएको छ। कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको बोलाएको हो।

सभा चैत ५ गते शुभ होटल प्रालि, चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ। आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबको विषयमा छलफल हुनेछ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ। सभाले स्वतन्त्र सञ्चाल पनि निर्वाचन गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *