काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित चपलीमा शङ्कास्पद बस्तु भेटिएको छ ।
चपलीबाट माथिल्लो भंगाल जाने भित्री सडकमा कागजले पोको पारेर प्रेसर कुकरमा तार जोडेर छाडेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
घटनास्थलमा पुगेर सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने प्रयास गरिरहेको छ ।
चपली स्थित मसला फ्याक्ट्रीबाट चुनीखेल जाने सडकमा शङ्कास्पद बस्तु भेटिएपनि रातभर सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएका थिए ।
बम डिपस्पोज गर्न सेनाको चन्दन नाथ गणबाट १५ जनाको टिम परिचालन गरिएको छ । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरू पनि खटिएका छन् ।
Artha Sanjal






