काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा तीन कम्पनीको १ करोड २२ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल इन्स्योरेन्स, शिवम सिमेन्ट र साइन रेसुंगा डेभलपमेन्ट बैंकको कुल १ करोड २२ लाख ६२ हजार ८४३.३७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेपाल इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनसवापतको १४ लाख ९४ हजार ७६६ कित्ता सूचीकृत भएको छ।
शिवम सिमेन्टको १४.२५ प्रतिशत बोनसवापतको ६२ लाख ७० हजार कित्ता र साइन रेसुंगा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशत बोनसवापतको ४४ लाख ९८ हजार ०७७.३७ कित्ता )बोनस सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।







