काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक २०.७६ अंकले घटेर २००५.८३ को विन्दुमा बन्द भएको छ।
आज ३०९ कम्पनीका ९५ लाख १८ हजार ७५ कित्ता सेयर ३ अर्ब २० करोड ६१ लाख रुपैयाँ बढीमा किनबेच भएका छन्। सेयर बजारमा आज ४९ वटा कम्पनीको मात्रै सेयरभाउ बढेको छ। १९७ वटा कम्पनीको शेयरभाउ घट्दा २ वटाको स्थिर रहेको छ।
आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रशिततका दरले कमाएका हुन्। जोशी हाइड्रोपावरका लगानीकर्ताले ९.८७ प्रशिततका दरले कमाएका छन् । सामलिङ पावरका लगानीकर्ताले ९.८५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै हिमालयन उर्जा विकासका लगानकिर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ६० प्रशिततका दरले गुमाएका हुन् ।
आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
गोर्खाज फाइनान्स १४ करोड १ लाख रुपैयाँ,जोशी हाइड्रोपावर ८ करोड ९३ लाख रुपैयाँ,एनआईसी एसिया बैंक ६ करोड ४० लाख रुपैयाँ,ङादी ग्रुप पावर ६ करोड २४ लाख रुपैयाँ,नागकिर लगानी कोष ५ करोड ७७ लाख रुपैयाँ,सोनापुर मिनरल्स ४ करोड ९६ लाख रुपैयाँ,नेपाल फाइनान्स ४ करोड ८७ लाख रुपैयाँ,मोलुङ हाइड्रोपावर ४ करोड ८६ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर ४ करोड ८२ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ।






