युनाइटेड इदी मर्दीको सेयरमूल्य समायोजन

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरको सेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन कम्पनीको ५.५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजजपश्चात कम्पनीको सेयरमूल्य ३७४ रुपैयाँ ४१ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा कम्पनीको सेयर प्रतिकित्ता ३९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले फागुन १७ गते, बिहीबार, आभ्या क्लब, घारीपाटन, पोखरा, कास्कीमा १४ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२८९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *